Logo

पदमुक्त हुने निश्चित भएका सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने



काठमाडौँ, १६ साउन । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने हुनुभएको छ । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका उहाले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो।

विश्वासको मत लिनका लागि प्रदेशसभालाई पत्र पठाउँदै उनले शुक्रबार ४ बजेका लागि बैठक राखिदिन अनुरोध गर्नुभएको छ । सोडारीले १८ साउनसम्म विश्वासको मत लिईसक्नुपर्नेछ । स्रोतका अनुसार विश्वासको मत नपाउने निश्चित भएको हुँदा उहाले प्रदेश सभामा आफ्नो कुरा राखेर राजीनामाको घोषणा गर्नुहुनेछ।

सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

यता कांग्रेस र एमालेसहितको गठबन्धनलाई ३७ सांसद्को साथ छ । सोडारीको सरकार ढलेपछि सुदूरमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्