विराटनगर, १३ चैत । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप तीन लाख उपलब्ध गराउने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
बैठकले लिम्बुको मृत्युप्रति दु:ख व्यक्त गर्दै मृतकलाई श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट पनि गरेको छ ।







