
काठमाडौँ, २२ असार । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ ।
आइतबारदेखि काठमाडौँमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।
प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए ।







