Logo

पद नपाए स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति देखिन थाल्यो: नेपाल



काठमाडौँ, २६ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा उनले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिस्ट आन्दोलनभित्र देखिएको बताए ।

‘म’बाट सुरु गर्ने प्रवृत्ति व्याप्त रहेको र ‘मैले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने’ प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्ने र ‘म’भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।अध्यक्ष नेपालले जनताका समस्यालाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्