Logo

पपजी भिडियो गेम खेल्न नदिँदा आमाको गोली हानी हत्या



काठमाडौँ, २५ जेठ । भारतको उत्तरप्रदेश राज्य राजधानी लखनउमा एक नावालकले आमाको हत्या गरेका छन् । आमाले पपजी खेल्न प्रतिबन्ध लगाएको झोँकमा नावालक छोराले आमा पेस्तोल हानी हत्या गरेका हुन् । आमा र बहिनी सुतिरहेको अवस्तामा ती नावालकले आमालाई पेस्तोल हानेका हुन् । उनले टाउकोमा गोली लाग्दा मृत्यु भएको हो ।

आमाको हत्या पछि उनले बहिनीलाई पनि धम्क्याएका थिए । दुई दिन पछि उनले बुबालाई कसैले आमाको गोली हानी हत्या गरेको बताएका थिए । प्रहरी मंगलबार मृतकको घरमा पुग्दा छिमेकसम्म लासको गन्ध आएको थियो । ती नावालकले गन्ध नआओस भनी आमाको लासमा पर्फियूम छर्किएका थिए ।

भारतीय सेनामा कार्यरत बालकका बुबा बंगालमा कार्यरत रहेका छन् । उनले घरमा लाइसन्सवाला पेस्तोल घरमा छाडेर गएका थिए । आमाले मोवाइलमा पपजी भिडियो गेम खेल्न रोकेको रिसमा हत्या गरेको बालकले स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घरमा तीन जना मात्र रहँदै आउका थिए ।

प्रतिक्रिया दिनुहोस्