Logo

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै



काठमाडौँ, २४ साउन । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार खड्का २६ गतेसम्म चीनमा रहनेछन् ।

उनले साउन २५ गते बुधबार चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तासमेत हुनेछ । त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्