Logo

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता



काठमाडौँ, १३ साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा शुक्रवार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड-१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बिहीवार बेलुकी नेपाल आएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गएको मङ्सिरमा नेपालको भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्