Logo

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता



चीन, २५ साउन । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाडौँ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा-छहरे सुरुङ मार्ग र काठमाडौँ-केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्