Logo

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा



काठमाडौँ, २५ साउन । परराष्ट्रमन्त्री डा नारायण खड्का जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा मंगरबार राति तीन दिने भ्रमणमा गएका हुन् ।

मन्त्री खड्काले ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म)को चीन भ्रमणमा गएका हुन् । दुवै देशका मन्त्रीहरूबीच आज चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्ने भएका छन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्