Logo

परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता



काठमाडौँ, १ फागुन । परराष्ट्र मन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेश सचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सोमवार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री पौड्यालले जानकारी दिइन् ।

उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको बताइन् ।

मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्