Logo

परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै



काठमाडौँ, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि चीनको औपचारिक भ्रमणमा जादै हुनुन्छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले यही मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको हो । ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उहाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नुहुनेछ।

परराष्ट्रमन्त्री डा। राणा मंसिर १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्