काठमाण्डौ, १६ फागुन । जेनेभामा आयोजित राष्ट्रसंघको बैठकबाट स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सवार जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
खराब मौसमका कारण राणा सवार जहाज अवतरण हुन नसकेको हो । उहा कतार एयरलान्सबाट काठमाडौं आउँदै हुनुन्थ्यो।
खराब मौसमका कारण हालसम्म नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ।
त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ।