Logo

परराष्ट्रमन्त्री राणा चीन जादै



काठमाडौं, २९ कात्तिक । परराष्ट्रमन्त्री डा. आरजु राणा चीन भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वतयारीका लागि उहाँ चीन भ्रमणमा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली मङ्सिर १७ देखि २१ गतेसम्म चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री राणा मङ्सिर दोस्रो साता चीन जाने गरी मन्त्रालयले तयारी थालेको छ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उहाँको चीन भ्रमण हुन लागेको जनाइएको छ ।

परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार यही नोभेम्बरको अन्तिम साता उहाँले चीन भ्रमण गर्नुहुने गरी तयारी सुरु भएको छ । औपचारिक मिति भने तय भइनसकेको पाठकले बताउनुभयो ।

चीन भ्रमणको तयारी अनुसारै केही दिनअघि मात्र उहाँले नेपालका लागि चीनका राजदूत छन् सोङसँग छलफल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्