काठमाडौँ, २३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद २१औँ दोहा फोरममा सहभागी हुन आज कतार प्रस्थान गरेका छन् ।
मन्त्री साउदले भोलिदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउनुका साथै उच्चस्तरीय भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ । भेटघाट कार्यक्रममा मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको रिहाइका लागि पहल गर्ने उनको सचिवालयले जनाएको छ
मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । यो भेटमा विपीन जोशीकाे रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरिने सचिवालयले जनाएको छ ।
मन्त्री साउदले यसअघि मंसीर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।






