Logo

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान



काठमाडौँ, २१ वैशाख । परराष्ट्रमन्त्री एनपी साउद बिहीबार बेलायत प्रस्थान गरेका छन् ।

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत प्रस्थान गरेका हुन् ।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्