थाइल्याण्ड, १ साउन । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच थाइल्याण्डमा छलफल भएको छ ।
राजधानी बैंककमा भएको भेटबारे ट्वीटरमा जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले मिलेर काम गर्ने समझदारी भएको उल्लेख गरेका छन् ।
बैंककमा बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा साउद र जयशंकरबीच साइडलाइन वार्ता भएको हो ।
‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको भेट राम्रो भएको छ’, भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा लेखेका छन्, हाम्रा नेतृत्वहरुले तय गरेको सहयोगको एजेण्डा कार्यान्वयनमा नजिकबाट काम गर्न सहमत भएका छौं ।’





