Logo

परराष्ट्र सम्बन्धमा विचलन देखियो: श्रेष्ठ



काठमाडौँ, १६ जेष्ठ । सत्तारुढ गठबन्धनको बैठकमा सरकारको परराष्ट्र सम्बन्धलाई लिएर प्रश्न उठेको छ ।

चुनावी समीक्षाका लागि सोमबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्धमा विचलन देखा परेको बताएका हुन् ।

सरकार भूराजनीतिक संवेदनशीलता नबुझी अघि बढेको र यसले देश दुर्घटनामा पर्ने उनले चेतावनी दिए । ‘भारतसँग राजनीतिक एजेण्डा थन्को लगायौं । अब लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दा नउठ्ने भयो, १९५० को सन्धि, ईपीजी, डुवानका मुद्दाहरु नउठाउने भयौं,’ बैठकका एक सहभागीका अनुसार श्रेष्ठले भने, ‘भारतले चाहेको आर्थिक मामिलाको सम्झौता मात्र हुने भयो ।’

प्रतिक्रिया दिनुहोस्