Logo

पराल बोकेको मिनी ट्रक दुर्घटना: दुई जनाको मृत्यु



काभ्रे, १४ कात्तिक । काभ्रेको पनौती नगरपालिका-२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार दिउँसो २:१० बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख.६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक पनौती-२ कुशादेवी बस्ने ४० वर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा सख्त घाइते भएका आचार्य र केसीलाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनमा बेथानचोक-२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएको डीएसपी श्रेष्ठले बताए । तिमल्सिनाको शिर मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्