Logo

परिवर्तनका लागि आन्दोलन गर्न आवश्यक छैन्: नेम्वाङ



काठमाडौँ, १७ असार । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गए सहजै जुनकुनै परिवर्तन गर्नसक्ने बताएका हुन् ।

उनले संविधान जारी भएसँगै देशको शक्तिको रूपमा जनता रहेकोले जनताले चाहेमा सबै खालका परिवर्तन संसदबाटै गर्नसक्ने बताए ।

उपाध्यक्ष नेम्वाङले भने, ‘हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएका छौँ । अब परिवर्तनका लागि आन्दोलन गर्नु पर्दैन । जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ । जनता त्यति अधिकार सम्पन्न भइसके । व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी मन पर्दैन नयाँ पार्टी बनाउनुस् । जनतालाई सुख दिनका लागि, जनताको उन्नतिका लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्