Logo

परिवर्तन र विकासको लागि राप्रपालाई मत: अध्यक्ष लिङ्देन



सिन्धुपाल्चोक, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन् ।

आगामी मङ्सिर ४ को निर्वाचनलाई केही राजनीतिक दलको नियन्त्रणबाट देशलाई मुक्त गराउने अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन र विकासको लागि आगामी निर्वाचनमा राप्रपालाई मत दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्