Logo

परिवार नियोजन संघको सभापतिमा बुइँपाली निर्वाचित



झापा, ३१ असार । नेपाल परिवार नियोजन संघ झापाको शनिवार भएको निर्वाचनमा लोकनाथ भट्टराई बुइँपाली दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका छन् ।

संघको सभापतिमा गणेश पोखरेल र बुइँपालीबीच प्रतिष्पर्धा भएको थियो । चन्द्रगढीस्थित संघको कार्यकालमा निर्वाचनमा बुइँपाली ३१२ र पोखरेलले २१९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । संघको झापा शाखामा ७५३ मतदाता मध्ये ५३३ मत खसेकोमा दुई मत बदर भएको थियो ।

राजनीतिक दलहरुले समेत सक्रिय चासो देखाएको संघको चुनावमा सभापति पदका दुबै उम्मेद्वार नेकपा एमालेका थिए ।

प्रतिक्रिया दिनुहोस्