Logo

परिस्थितिको सुक्ष्म अध्ययन गरेर अघि बढ्ने एकीकृत समाजवादीको निर्णय



फाइल तस्बिर

काठमाडौँ, १० पुस । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको बैठक केहीबेरअघि सकिएको हो ।

उक्त बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको पार्टीले जनाएको छ ।

बैठकले परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्