बर्दिबास, १७ पुस । महोत्तरीको बर्दिबासमा तीनजना छात्राले विष सेवन गरेका छन् ।
बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जियोमेट्रिक इन्जिनियरिङका तीनजना छात्राले परीक्षा बिग्रिएपछि सँगै विष सेवन गरेका हुन् ।
उनीहरूलाई माइस्थान जङ्गलमा अचेत अवस्थामा भेट्टाइएको थियो । सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्माको भने मृत्यु भएको छ ।
यस्तै, महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवको उपचार भइरहेको छ ।