Logo

पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा निर्वाचित



काठमाडौँ, २८ जेठ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् ।

गएराति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा सात सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले एक सय २२ मत ल्याएका छन् ।

यसैगरी सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा र द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका हुन् ।

यस्तै महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्