Logo

पर्सा ११ लाई हराउँदै नेपाल पुलिस च्याम्पियन



काठमाडौँ, १४ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै प्रो क्लब च्याम्पियनसिप उपाधि जितेको हो ।

पुलिसले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ बनाएर अल आउट भयो । यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा वन्डर्स क्लब नोयडालाई आर्मीले ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्