Logo

पल शाह प्रकरण: पीडितले बयान फेरिन्



दमौली, ४ वैशाख । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् ।

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्