दाङ, २९ वैशाख । अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलो पानी परिरहेको हो ।
पानी परेका ठाउँका मतदान केन्द्र र स्थल हिलाम्मे बनेका छन् । चुनावका लागि आवश्यक सामग्री जोगाउन पनि समस्या भइरहेको छ । पानी पर्ने पूर्वानुमानका आधारमा निर्वाचन आयोगले मतदान केन्द्रमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ ।
अहिले ठूलै पानी परिरहेको भए पनि अबको एक दुई घण्टापछि यी ठाउँमा पानी पर्न रोकिने महाशाखाको भनाइ छ । तर राति प्रदेश १, बाग्मती, लुम्बिनी र गण्डकीको केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ ।