रुस, २३ भदौ । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
बुधबार रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारण राखेका हुन् ।
रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुन: शुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक भएको अल जजीराले उल्लेख गरेको छ ।