Logo

पश्चिम नवलपरासीकाे प्रतापपुरमा उखु खेतीमा आगलागी



पश्चिम नवलपरासी, १८ मंसिर । पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ ।

आइतवार प्रतापपुर गाउँपालिका-५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार रहेको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

आगलागीले बेतहानी गाउँको पश्चिमतर्फको क्षेत्रमा रहेको बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लोनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीको खेतको उखुमा क्षति पुगेको छ । चार बिघा आठ कट्ठा क्षेत्रको उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

उखुबारीमा लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्