Logo

पहाड उक्लदै मधेसवादी दल



काठमाडौँ, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई(मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन् ।

पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति छ । तराई(मधेस केन्द्रित दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, जनता प्रगतीशल पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले यसपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

लोसपाले यसपटक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, अर्घाखाँची, मकवानपुर, धादिङ, दाडलगायतका पहाडी जिल्लामा उम्मेदवारी दिएको छ । लोसपाका कार्यकारिणी समितिको सदस्य डा. सुरेन्द्र झाका अनुसार लोसपाले यसपटक ४३ जिल्लाका १ सय ८५ स्थानीय तहमा उम्मेदवारी दिएको छ ।

यसपटक भने धेरै जिल्लामा उम्मेदवारी दिएका छौुझाले भने, हामी अव बिस्तारै तराई(मधेस बाहेक पहाडी तथा हिमाली जिल्लामा उक्लिँदै छौँ । पहाड तथा हिमाल आफ्नो उपस्थिति देखाउने पार्टीको रणनीति भएको उनले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्