सिन्धुली, २ चैत । सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिका-३ खुरहरीका ३५ वर्षीय टेकबहादुर परियार रहेका छन् ।
आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
पहिराले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्यचौकी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।






