Logo

पहिराले नारायणगढ-मुग्लिन सडक अवरुद्ध



फायल तस्बिर

भरतपुर, १६ साउन । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्