Logo

पहिराे पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन




चितवन, १ असार । पहिराेका कारण बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामना-४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी बन्द भएकाे थियाे ।

अहिले पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि प्रहरी कार्यालयले सडक विभागसँग समन्वय गरेकाे थियाे ।

बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएकाे छ । जसका कारण यात्रुले सास्ती बेहाेर्दै आउनुपरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्