Logo

पहिरोका कारण दिक्तेल-जयराम सडक अवरुद्ध



खोटाङ, १६ साउन । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल-जयराम सडक ठप्प भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

सडकमा पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा जाने गाडी बाटैमा रोकिएका छन् । पहिरो पन्छाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाले एक्स्काभेटर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्