
दाङ, २१ असोज । दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ ।
पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।
शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि फेरि बन्द भएको छ ।
त्यस्तै दाङको भालुवाङदेखि प्यूठान जोड्ने सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ-प्यूठान सडक खण्डमा पनि गाडी गुड्न सकेका छैनन् ।






