Logo

पहिरोका कारण सडक अवरुद्ध



रसुवा, २५ साउन । गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

रसुवाको बेत्रावती कालीकास्थान सडक खण्ड अन्तर्गत पर्ने बनुवामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका-५ मा रहेको बनुवामा पहिरो गएका कारण बिहानैदेखि गाडी सञ्चालन हुन सकेका छैन ।

पहिरोले बेत्रावती(मैलुङ सडक खण्डसमेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका ठाउँमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्