Logo

पहिरोबाट खसेको ढुङ्गाले लागेर युवकको ज्यान गयो



डडेल्धुरा, २४ भदौ । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा झरेर लाग्दा एक युवकको ज्यान गएको छ ।

जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरकोे मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो । गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पु¥याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।

टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका-४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्