Logo

पहिरोमा परी कम्तीमा दश कामदारको मृत्यु



कङ्गो, १७ पुष । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिण किभु प्रान्तको फिजी एन्क्लेभमा बिहीबारदेखि शुक्रबार रातिको भारी वर्षापछि यो प्रकोप आएको स्थानीयहरूले बताएका छन् ।

पहिरोले सो क्षेत्रका दुईवटा सुन खानी स्थलमा क्षति पुगेको छ । अस्थायी खानीका १० जनाको मृत्यु, नौ जना घाइते र केही बेपत्ता छन् । अधिकांश पीडितहरू कारीगर खानीका रहेका बताइएको छ ।

दश जनाको मृत्यु भएको पुष्टि भएको र अन्य शव निकाल्ने खोजी टोलीले प्रयास गरिरहेको स्थानीय रेडक्रसका अधिकारी ओनेसफोर काबन्डिल्वाले बताएका छन्

प्रतिक्रिया दिनुहोस्