चितवन, २८ असार । पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।
स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।