Logo

पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता



ताप्लेजुङ, ३ असार । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् ।

वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्