Logo

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध



काठमाडौँ, २१ असार । वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ ।

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । पहिरोसँगै ठूला-ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्