वेस्ट इन्डिज, १४ साउन । भारतले पहिलो टी-२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।
गएराति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।
भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।
भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेलेका थिए । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ ।