काठमाडौँ, १६ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुंगीएको छ । पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५।३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार हो ।