Logo

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो: अध्यक्ष ओली



काठमाडौँ, २७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् ।

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताए ।

उनले आफ्नो पार्टीले त्यसपछि क्रमश: आफ्नै उम्मेदवार उठाएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्