Logo

पहेँलो कार्डको कीर्तिमान बनेको खेलमा चेल्सी विजयी



काठमाडौं, ३० भदौ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट गरेका थिए ।

यस खेलमा प्रिमियर लिगको पहेँलो कार्डको नयाँ कीर्तिमान समेत बनेको छ । यस खेलमा कुल १४ पहेँलो कार्ड देखाइएको थियो । जसमा चेल्सीका खेलाडीलाई ८ र बोर्नमाउथका ६ खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो ।

यस अघि प्रिमियर लिगमा १३ पहेँलो कार्डको कीर्तिमान रहेको थियो, जुन गत सिजनमा टोटनह्याम र शेफिल्ड युनाइटेडबीच देखाइएको थियो ।

यो चेल्सीको यस सिजनमा दोस्रो जित हो । ४ खेलमा २ जित, एक बराबरी र एक हार बेहोरेको चेल्सीको ७ अङ्क भएको छ । त्यस्तै बोर्नमाउथको भने ४ खेलमा ५ अङ्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्