Logo

पाँचथरको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण



पाँचथर, ८ साउन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ ।

पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर पानी पर्दा लेदोसहित ढुङ्गा-माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको गाडी चालकले बताएका छन् ।

पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यानमा राखेर एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

मेची राजमार्गको यस खण्डमा विगतमा पहिरोको ठूलो समस्या थिएन । तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभिरमा एक्स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो ।

सडकको भित्तामा रहेका स-साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडक जोखिमपूर्ण बनेको हो ।

प्रतिक्रिया दिनुहोस्