पाँचथर, ४ असार । पाँचथरको याङ्वरक गाउँपालिका-१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनीहरुलाई च्याङथापुमा रहेकाे विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबाले जानकारी दिए ।







