Logo

पाँचपोखरी वनको अध्यक्षमा चेतन



मेचीनगर, १८ पुस । पाँचपोखरी सामुदायिक वनको अध्यक्षमा चेतन आचार्य निर्वाचित भएका छन् ।

मंगलवार सम्पन्न निर्वाचनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यले ३६४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १८५ मत मात्र प्राप्त गरेका छन् । सामाजिक रुपमा क्रियाशिल आचार्य यस अघि अध्यक्षमा उपविजेता बनेका थिए ।

यसैगरी वनको उपाध्यक्षमा श्याम धिमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी झोमनाथ दाहाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । धिमालले ३३१ मत प्राप्त गर्दा दाहालले १७४ मत प्राप्त गरेका थिए ।

सचिव पदमा बबिता चौधरी निर्वाचित निर्वाचित भएकी छन् । उनले शोभा धिमाल र पुष्पमा कार्कीलाई पछि पार्दै सचिवमा जित निकाल्न सफल बनेकी हुन् । चौधरीले ३२५ मत प्राप्त गर्दा धिमालले ९५ र कार्कीले ८९ मत मात्र प्राप्त गरेका थिए ।

सहसचिवमा खेम मगर निर्वाचित भएका छन् । सहसचिव पदमा चार जनाको प्रतिस्पर्धा भएको थियो । जसमा खेम मगरले २०३ मत प्राप्त गर्दै विजेता बने भने उपविजेता बनेका अनु खतिवडाले १२८ मत, दिपक थपलियाले ८९ मत र शशिला पौडेलले ३९ मत प्राप्त गरेका थिए ।

यसैगरी कोषाध्यक्ष पदमा मन्दिरा दनुवार निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी रेखा अधिकारीलाई पछि पार्दै कोषाध्यक्षमा निर्वाचित भएको बुद्धशान्ति-५ का वडाध्यक्ष तथा निर्वाचन समितिका सदस्य डेगेन्द्र कार्कीले बताए । वडा अध्यक्ष कार्कीका अनुसार अधिकारीले १७९ मत प्राप्त गर्दा दनुवारले २९५ मत प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्