Logo

पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु



चीन, २२ माघ । मध्यचीनको हुनान प्रान्तमा पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।

उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्