Logo

पाँच डीआईजीलाई एआईजी बनाउन सिफारिस



काठमाडौँ, २६ फागुन । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

पहिलो नम्बरमा डीआईजी वसन्तबहादुर कुवँर रहेका छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।

अबको दुई साताभित्र प्रहरी महानिरीक्षक पद रिक्त हुनेछ । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहेमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ बाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी बढुवा हुने पाँच जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्